काठमाडौं— पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पनेमा गणेश ढकाल र उनका एक सहयोगी रहेका छन् ।काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ।मृतकका परिवारजनले आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेपछि गौशाला प्रहरी वृत्तमा खबर आएको गौशाला प्रहरी वृत्तका सूचना अधिकारी
विराटनगर— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ।सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् ।आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्।क्रिकेट संघ अफ
बारा – खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए ।उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।मन्त्री
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताएका हुन् ।उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीति
धनगढी- कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ ।स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए ।सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएकाे छ ।कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’हाल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका उम्मेदवारीको आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्ने भएको छ ।कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चस्मतिमा छलफल हुने पार्टी प्रवक्त मनिष झाले जानकारी दिए । छलफलको मध्यस्तकता सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् ।छलफलको अवलोकन कोषाध्यक्ष लि
काठमाडौं— नबिल बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको हो।इच्छुकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव हुनुपर्छ।३० वर्षभन्दा कम उमेर भएका इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौं– सरकारले देशभरका सबै सहकारी संघ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा अनलाइनमार्फत बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरी यो निर्देशन कार्यान्वयन गर्न भनेको हो ।सरकारले फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि यो कदम चालिएको जनाएको छ । ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१–८२, २०८५–८६) लागू गरेको छ। सोही कार्ययोजन
काठमाडौँ – पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।खबर पाउनासाथ प्र
भारत— भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा बाढी आएको थियो । धराली बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।उत्तराखण्डकै पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.