काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका उम्मेदवारीको आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्ने भएको छ ।
कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।
आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चस्मतिमा छलफल हुने पार्टी प्रवक्त मनिष झाले जानकारी दिए । छलफलको मध्यस्तकता सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् ।
छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।
२०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा रूपन्देही ३ बाट निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।