काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो बैठक बसेको हो।
प्रधानमन्त्री शाहले दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए। निर्धारित समयभन्दा केहीबेर ढिलो गरी बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामसँगै विभिन्न मन्त्रालयका प्रस्ताव, समसामयिक विषय तथा महत्वपूर्ण निर्णयमाथि छलफल हुने अपेक्षा गरिएको छ।
सरकारका पछिल्ला गतिविधि र निर्णयहरूलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकपछि सरकारले गर्ने निर्णय र जारी हुने औपचारिक सूचनाले आजको मन्त्रिपरिषद् बैठकका मुख्य विषय स्पष्ट पार्नेछ।




































