भारत— भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा बाढी आएको थियो । धराली बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।
उत्तराखण्डकै पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।
बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।