काठमाडौं— नबिल बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको हो।
इच्छुकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव हुनुपर्छ।
३० वर्षभन्दा कम उमेर भएका इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।