समाचार

    Showing 11,301-11,310 of 19,785 items.
  • शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

    काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्याल

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 216 पटक पढिएको
  • नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता

    काठमाडौं ।  नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।१० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो । वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिल

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 305 पटक पढिएको
  • सादा पोशाकका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

    काठमाडौँ  ।  नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।परिपत्रमा भनिएको छ- 'त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जि

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 333 पटक पढिएको
  • ट्याङ्करबाट डिजेल चोरी गर्ने पक्राउ

    काठमाण्डौ । मकवानपुर प्रहरीले डिजेल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउण्डभित्रबाट बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।अमलेखगन्जबाट काठमांडौतर्फ जादै गरेको ना ७ ख २७९४ नम्बरको तेल ट्याङ्करको डिजेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा हेटौंडा–९ नव दूर्गा आयल स्टोरमा काम गर्ने बर्ष ३० को बिरेन्द्र साह र सोही ट्याङ्कर चालक पर्सा वीरगञ्ज–११ श्रीपुर बस्ने बर्ष ४९ को आलम हवारी रहेका छन् । उनीहरुको साथबाट ४० लिटर डिजेल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।दुब

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 158 पटक पढिएको
  • कटुवा पेस्तोलसहित बाबु, छोरा पक्राउ

    लहान । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित  बाबु छोरालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका २ यादव टोलबाट ४९ वर्षीय बिजय यादव र उनका छोरा १९ वर्षीय राजा यादवलाई एक थान कटुवा पेस्तोलसहित बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।घरायसी बादबिवादका कारण उनीहरूबीच झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा पेस्तोल फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ। प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी यस सम्बन्धमा थपे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 222 पटक पढिएको
  • वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने  निर्णय गरेको हो ।बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड,

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 215 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री प्रचण्डले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन्। यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए।प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 259 पटक पढिएको
  • अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशकआनन्द राज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।सहायक निर्देशक संदिप अधिकारी

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 281 पटक पढिएको
  • नेपाल प्रहरीका १३०६ जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन

    काठमाडौं । नेपाल प्रहरीका १ हजार ३०६ प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् । प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा  पदस्थापन गरिएको हो ।तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु-शोभन गराउन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।सूचीहरु:

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 362 पटक पढिएको
  • सरकारले गर्‍यो सात प्रदेशका लागि अनुमानित राजश्व बाँडफाँट

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित राजश्व बाँडफाँट गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमानित राजश्वको ढाँचा र हिस्सा बमोजिम सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ स्वीकृत गरेको हो । साथै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशका लागि ६० अर्ब र स्थानीय तहहरूको लागि ८८ अर्ब स्वीकृत गरेको छ।यसैगरी चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल मूल्य २७०७/२८ न्यूनतम समर्थन मूल्य तोकेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 476 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा