काठमाडौं— जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगो विकासबारे क्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंमा आयोजना गरिने भएको छ।
सम्मेलनमा नेपालसहित अफगानिस्तान, पाकिस्तान, भारत, भुटान, बङ्गलादेश, म्यानमार र चीनका संसद् सदस्यहरूको सहभागिता रहनेछ। आयोजनाको नेतृत्व सासंदीय मामिला समिति र अन्तर्राष्ट्रिय केन्द्र (ICIMOD) ले गरिरहेका छन्।
सम्मेलनमा जलवायु परिवर्तनका असर, जल स्रोतको व्यवस्थापन, पारिस्थितिकीय प्रणालीको संरक्षण, हिमाली समुदायको जीवनस्तर उकास्ने उपायलगायतका विषयमा छलफल गरिनेछ। साथै, सदस्य राष्ट्रबीच नीति निर्माणमा सहकार्य गर्ने साझा प्रतिबद्धता जाहेर गर्ने अपेक्षा गरिएको छ।