मुस्ताङ— ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। घरपझोङ गाउँपालिका३ स्याङस्थित सडकमा ग.१ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।