समाचार

    Showing 10,711-10,720 of 19,751 items.
  • उपचार गराउन नसकेर घर फर्किएका कामतको निधन

    काठमाडौं–लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको हो । मिर्गौला रोगबाट ग्रसित उनले उपचारका लागि आर्थिक सङ्कटको सामना गराउनु परेको थियो । काठमाडौंमा उपचार गराउन नसकेर कामत हालै सिरहाको पोखरभिन्डा फर्किएका थिए । सङ्गीत गुरुका रूपमा परिचित उनी नेपाल मात्रै नभई भारत पनि चर्चित थिए । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 582 पटक पढिएको
  • स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन

    काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न विद्जन्य घटनाको उद्धार तथा राहको काममा सुरक्षाकर्मी सधैँ तैनाथ रहन्छन् । प्युठान जिल्लाको प्युठान नगरपालिका–९ र १० स्थित बुढादेवी बजारमा ढुङ्गा, हिलो, माटो, र लेदो सहितको भुस्वाङ खोलाले बजार क्षेत्रमा पसेपछि उद्धार तथा राहतमा नेपाल प्रहरी खटिएको छ । घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको हो । आवश्यक उद्धार सामग्री सहित सुरक्षाकर्मीहरूले घटनास्थल पुगेर उद्धार कार्य गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 320 पटक पढिएको
  • अविरल वर्षाका कारण बाढी र पहिरोमा १४५ जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका विपद्‍मा परी १४५ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो। यस विपद्‌मा परी १७४ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 491 पटक पढिएको
  • ग्राहकको एक करोड १७ लाख लिएर प्रभुका प्रबन्धक फरार

    झापा–प्रभु बैङ्कको बिर्तामोड शाखाबाट  ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम लिएर बजार प्रबन्धक फरार भएका छन् । मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालका अनुसार, उनकी पत्नी मन्जु नेपालका नाममा प्रभु बैङ्कको बिर्तामोड शाखाबाट एक करोड १७ लाख रुपैयाँ हराएको छ । पटक पटक गरी एक करोड १९ लाख जम्मा गरेकाे भएपनि ६ महिनापछि हेर्दा जम्मा २ लाख मात्र बाँकी भएको उनको भनाई छ । बैङ्कका बजार प्रबन्धक प्रमोद सिटौलाले आफ्नो नियतवश उक्त रकम हिनामिना गरेको उनको आरोप छ । सिटौलाका दुई मोबाइल फोन पनि बन्द छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ ।&n

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 1,405 पटक पढिएको
  • बाढीले धार्चेमा एक घर बगायो, ११ घरमा उच्च जोखिम

    काठमाडौं–गएराति आएको वर्षाले गोरखामा एक घर बगाएको छ ।जिल्लाको धार्चे गाउँपालिका–५ सिङलास्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो ।धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार ११ घरमा लेदो सहितको पहिरो पस्दा उच्च जोखिममा छन् ।स्थानीय जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन् । २०७२ सालको भूकम्प पछि रुकाङ डाँडाको पुरङ गाउँको सिरानमा भूकम्पले जमिन चिरा चिरा परेकाले वर्षायाममा पहिरोको डरले सताउने गरेको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 360 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको स्थान साथै कोशी र गण्डकी प्रदेशको एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेक

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 259 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मुल्य २ रुपैयाँ घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 401 पटक पढिएको
  • बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

    काठमाडौं— डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठुलो दुर्घटनाबाट जोगिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 471 पटक पढिएको
  • कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

    काठमाडौं— नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।सोमबारको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 222 पटक पढिएको
  • बाढीले बगाएर बेपत्ता मजदुरको शव फेला

    काठमाडौं । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी गराए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी भइरहेको छ । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन था

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 294 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा