समाचार

    Showing 10,711-10,720 of 25,722 items.
  • १८ भदौदेखि विद्यालय बन्द गर्ने निजी विद्यालयका सञ्चालकहरूको चेतावनी

    काठमाडौं— विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गर्दै १८ भदौसम्म पनि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।विद्यालय शिक्षा विधेयकमा राखिएको ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरूले गत केही सातादेखि आन्दोलन गर्दै आएका छन् । पहिलो चरणको आन्दोलन आज (१२ भदौ) सकिएको छ भने दोस्रो चरणका कार्यक्रम स

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 772 पटक पढिएको
  • सुनकोशीमा एकजना बेपत्ता, खोजी कार्य जारी

    काभ्रे— जिल्लाको भुम्लु गाउँपालिका—८ दुलालेश्वर मन्दिर नजिकैबाट एकजनालाई सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा भुम्लु गाउँपालिका—१ रिठ्ठेका २३  वर्षीय महेश दर्जी बेपत्ता भएको  सशस्त्र प्रहरी १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।उनका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक बिनोद थापाको कमाण्डमा ११ जना र नं १६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्श कुमार शाहको कमाण्डमा ११ जना उद्दारको लागि खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 701 पटक पढिएको
  • राष्ट्रपति पौडेल मादीमा, ‘हीरक महोत्सव’ मा सहभागी हुन विशेष समारोहमा उपस्थित

    सङ्खुवासभा— राष्ट्रपति रामचन्द्र पौडेल आज मादी माध्यामिक विद्यालयको हीरक महोत्सव (६०औं वार्षिकोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन खाँदबारी आइपुगेका छन्।वि.सं. २००७ सालमा स्थापना भएको मादी माध्यामिक विद्यालयले पूर्वी नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विद्यालयको योगदानको सम्मानस्वरूप आयोजित महोत्सवमा राष्ट्रपति पौडेलको उपस्थिति स्थानीयहरूका लागि गर्वको विषय बनेको छ।राष्ट्रपतिलाई खाँदबारीमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, र विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी सहित विद्यालय परिवारले स्वागत गरेका थिए।क

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 783 पटक पढिएको
  • आशिका तामाङले पाइन कानुनी विजय, भक्तपुर अदालतको ऐतिहासिक फैसला

    भक्तपुर— जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ दिएको छ ।भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० लिने नियमको विरोध गरेको आरोपमा मुद्दा खेपेपकी उनलाई बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईले सफाइ दिएका हुन् ।पुलमा रकम उठाएको विरोध गर्दै रसिद बुक च्यातिदिएपछि पक्राउ परेकी उनलाई प्रहरीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।उक्त कसुरको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आशिकालाई २०८१ माघ १८ गते २० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।उक्त मुद्दाको अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 734 पटक पढिएको
  • नुवाकोटको शिवपुरीबाट १० लाख बरामद, २२ जना जुवाडे पक्राउ

    काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेबाट प्रहरीले २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बुधवार मध्यराति गुर्जेमा रहेको बार्दली इन होटलमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले बताए । पक्राउ पर्नेमा ६ जना महिला छन् ।गएराति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामा नेतृत्वको टोलीले सो होटलमा छापा मारेको थियो । आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 809 पटक पढिएको
  • जिप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु

    डडेल्धुरा— जिल्लाको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।उनका अनुसार ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश बिक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 620 पटक पढिएको
  • हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    काठमाडौं – रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् ।उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ(संजिव) र  अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् । सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समूदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।नेपाल न्यूज बैंकको स्टुडियोमा भिडियो अन्तरवार्ता दिएका सोसाइटीका तीन जना सदस्यले गुरुङ

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 727 पटक पढिएको
  • महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, तीन कर्मचारी पक्राउ

    हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसप

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 790 पटक पढिएको
  • आज महानगरको निर्णयविरुद्ध कवाड व्यवसायीको घेराउ कार्यक्रम

    काठमाडौं— कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 573 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद, कार्यकर्ता निराश

    धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शीर्ष नेतृत्वबीचको विवाद सतहमा आउँदा कार्यकर्ता र तल्लो तहका नेताहरू निराश बनेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मतभेदले संगठनलाई नै असर पार्न थालेको नेताहरूको भनाइ छ।२०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो बनेको नाउपा भित्र अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रयासपछि विवाद चुलिएको हो। संरक्षक चौधरीको नेतृत्वमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि श्रेष्ठ अझै अध्यक्षकै भूमिकामा छन्।यस विवादका कारण सुदूरपश्चिम प्रदेशमा प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 767 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.