काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेबाट प्रहरीले २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बुधवार मध्यराति गुर्जेमा रहेको बार्दली इन होटलमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।

जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले बताए । पक्राउ पर्नेमा ६ जना महिला छन् ।

गएराति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामा नेतृत्वको टोलीले सो होटलमा छापा मारेको थियो । आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।