काभ्रे— जिल्लाको भुम्लु गाउँपालिका—८ दुलालेश्वर मन्दिर नजिकैबाट एकजनालाई सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा भुम्लु गाउँपालिका—१ रिठ्ठेका २३ वर्षीय महेश दर्जी बेपत्ता भएको सशस्त्र प्रहरी १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।
उनका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक बिनोद थापाको कमाण्डमा ११ जना र नं १६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्श कुमार शाहको कमाण्डमा ११ जना उद्दारको लागि खटिएका छन् ।