राजनीति

    Showing 971-980 of 10,298 items.
  • ३१ वर्षदेखि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

    काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको रावल आयोगको प्रतिवेदन अन्ततः लागू हुने भएको छ। मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको निर्देशनलाई आधार मान्दै आयोगको सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।सरकारले २०५२ सालमा तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग ९रावल आयोग० को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ। लामो समयसम्म अलपत्र परेको प्रतिवेदनलाई अब व्यवहारमा उतार्ने तयारी सुरु भएको हो।यससँगै देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको एकीकृत अभिलेख तयार गरी संरक्षण गर्ने काम पनि अघि बढाइने भएको छ। सार्वजनि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 120 पटक पढिएको
  • संविधान संशोधन बहसपत्र अझै अपूरो, कार्यदललाई थपियो एक महिना समय

    काठमाडौं । संविधान संशोधनका विषयमा राष्ट्रिय बहसको आधार तयार पार्न गठन गरिएको सरकारी कार्यदलले तोकिएको समयभित्र काम नसकाएपछि सरकारले यसको म्याद थप गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदललाई असार महिनाभर थप समय दिने निर्णय गरेको हो। कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी पाएको थियो।गत चैत १६ गते गठन भएको कार्यदलले विभिन्न राजनीतिक, संवैधानिक तथा प्रशासनिक विषयमा सुझाव संकलन गरिरहेको छ। सरकार स्रोतका अनुसार बहसपत्रलाई अझ व्यापक र समावेशी बनाउन थप समय आवश्यक ठहरिएपछि म्याद बढाइएको हो।संविधान संशोधन

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 153 पटक पढिएको
  • सीमा मुद्दामा सरकारमाथि राप्रपाको प्रहार

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवादको विषय फेरि उठेको छ। राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणलाई लिएर कडा प्रश्न उठाएकी हुन्। शुक्रबार संसद्मा बोल्दै ओलीले दिल्ली भ्रमणअघि सीमा विवादबारे कुरा गर्ने संकेत दिएका परराष्ट्रमन्त्रीले औपचारिक वार्ताका क्रममा भने उक्त विषयलाई उठाउन नसकेको आरोप लगाइन्।उनका अनुसार विगतका कूटनीतिक भेटवार्तापछि सार्वजनिक हुने संयुक्त वा आधिकारिक प्रेस नोटमा सीमा विवादको विषय कुनै न कुनै रूपमा समेटिने गरेको थियो। तर यसपटक भने सीमा सम्बन्धी मुद्दा औपचारिक दस्तावेजमै नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरिन्।ओलीले परर

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 173 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतदेखि कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सम्बन्धी नीति तथा सार्वजनिक गुठी जग्गासम्बन्धी प्रतिवेदन तत्काल लागू गर्न सरकारसँग माग गरेका हुन् । ‘वर्तमान सरकार सुशासनको लागि बनेको हो । यो सरकारलाई राष्ट्रिय सभा नीति २०७४ जुन कुनै पनि सरकारले लागू गर्न आँट गरेन, त्यसलाई चाडै लागू गरियोस्,’ उनले भने, ‘त्यस्तै सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन पूर्वन्यायाधीश मोहन रमन भट्टराईको प्रतिवेदन मन्त्रालयमा जम्मा छ । तर त्यसको केही का

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 208 पटक पढिएको
  • बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले भने, ‘किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण सुनेर धारणा बनाइएको जस्तो लाग्छ ।’ आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अनुसूची–२ मै स्पष्ट रूपमा विवरण उल्लेख गरिएको बताए । ‘त्यहाँ केही पनि राखिएको छैन भन्ने कुरा सुन

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 135 पटक पढिएको
  • पोखरामा रास्वपा अधिवेशन बाहिर ‘जेन–जी’को दबाब

    पोखरा। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश अधिवेशन चलिरहेका बेला सभागृहबाहिर अर्को दृश्य देखियो। ‘जेन–जी आन्दोलन’ मा पक्राउ परेका युवाहरूका आफन्त र समर्थकले न्यायको माग गर्दै धर्ना दिएपछि अधिवेशनस्थल वरिपरि केहीबेर राजनीतिक र सामाजिक बहस तात्न पुग्यो । रास्वपा गण्डकी प्रदेश अधिवेशन जारी रहँदा पोखरा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले विरोध प्रदर्शन गरेको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूविरुद्ध दर्ता गरिएका मुद्दा फिर्ता लिनुपर्ने मागसहित उनीहरूका आफन्त र समर्थकहरू धर्नामा बसेका हुन्। प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर आन्दोलन

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 140 पटक पढिएको
  • अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति ‘हेप्ने शैलीको’ भएको संकेत गर्दै संसद र समितिको गरिमा कायम राख्नुपर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने उल्लेख गरे ।आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर पुनले लेखा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 145 पटक पढिएको
  • किन जाँदैछन परराष्ट्रमन्त्री खनाल चीन ?

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चीन प्रस्थान गर्ने भएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने चारदिने औपचारिक भ्रमणलाई नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण कूटनीतिक अध्यायका रूपमा हेरिएको छ।परराष्ट्र मन्त्रालयका अनुसार असार ३ गतेसम्म चल्ने भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक र विकास सहकार्यलाई थप विस्तार गर्ने विषय केन्द्रमा रहने बताइएको छ।भ्रमणको अर्को महत्वपूर्ण पक्ष आर्थिक कूटनीति पनि हो। मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा हुने लगानी सम

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 136 पटक पढिएको
  • प्रतिवेदन लुकाएर सरकार के बचाउन खोज्दैछ ?- कांग्रेस

    काठमाडौं । सरकारलाई जवाफदेही बनाउन कांग्रेसले संसद्मा एकैसाथ तीन वटा प्रतिवेदनको विषय उठाएको छ। मानवअधिकार आयोगको प्रतिवेदनदेखि लिएर भदौ २४ को घटनाबारे प्रस्तावित छानबिन र गृहमन्त्री सुधन गुरुङसम्बन्धी प्रतिवेदनसम्मको अवस्था सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद भरतबहादुर खड्काले छानबिन भएर तयार भएका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा जनतामा अन्योल बढेको बताए।उनले भदौ २३ गतेको घटनाबारे छानबिन सम्पन्न भए पनि त्यसको भोलिपल्ट भएको घटनाको अनुसन्धान कहिले सुरु हुन्छ भन्ने प्रश्न उठाए। साथै सोही विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार प

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 144 पटक पढिएको
  • संसद्मा हर्क साम्पाङको प्रश्न -‘सीमामा नेपाली सेना किन देखिँदैन ? ’

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षाको विषय उठाउँदै सरकारसँग जवाफ मागेका छन्। उनले संसद्मै रक्षामन्त्रीको खोजी गर्दै सीमाक्षेत्रमा देखिएको गतिविधिबारे स्पष्ट उत्तर दिन आग्रह गरेका हुन्। शुक्रबारको बैठकमा बोल्दै साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा अधिकारीले नेपाली नागरिकलाई हप्कीदप्की गरेको भनिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकार किन मौन बसेको भन्ने प्रश्न उठाए।उनले सभामुखमार्फत रक्षामन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै सीमासम्बन्धी विषयमा प्रत्यक्ष जवाफ चाहिएको बताए। साम्पाङले नेपाली सेना सीमाक्षेत्रमा किन परि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.