राजनीति

    Showing 8,761-8,770 of 10,378 items.
  • उद्घाटन सत्रमा ११ दललाई निम्तो, केपी ओली भने सहभागि नहुने

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । अध्यक्ष दाहालले फोन गरेर ओलीलाई निम्ता गरेका थिए । तर, ओलीले आफू झापामा भएको भन्दै सम्मेलनमा सहभागि नहुने बताएका हुन् । फोन वार्ताकै क्रममा दाहाललाई अध्यक्ष ओलीले समारोहमा सहभागि हुन पार्टीका महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मलले जानकारी दिए । अध्यक्ष दाहालले एमालेले चितवनमा आयोजना गरेको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएका थिए । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज अपराह्न

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 89 पटक पढिएको
  • माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । आउँदो मङ्गलबारसम्म चल्ने महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुव

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 133 पटक पढिएको
  • एमालेमा पार्टी प्रवेश गर्नेको लहर चलेको छ : अध्यक्ष ओली

    झापा  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेको लहर चलेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानले झापाको उर्लाबारीमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू झापा आउँदा पार्टी प्रवेश गराइदिनु भन्दै लर्को लाग्ने गरेको बताएका हुन् । उनले भने, –‘  म झापा आउँदा मानिसहरू एयरपोर्टमा पुगेर पार्टी प्रवेश गराउनु पर्यो भनेर लर्को लाग्छन् ।’ त्यस्तै उनले एमाले फुटाएर लैजान्छु भनेर आएका प्रचण्ड आफ्नै नेता एमालेमा छाडेर फर्किएको बताएका छन् ।‘प्रचण्ड यहाँबाट निस्किएर गए, उनलाई लागेको थियो ठुलै भाग लिएर जान्छु भन्ने, आधा कार्यकर्ता नेता यहीँ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 99 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले आज दल दर्ता गर्दै

    काठमाडौं  / माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आज (शनिबार) नै दल दर्ता गर्ने भएको छ । निर्वाचन आयोगले दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएसँगै कांग्रेसले दल दर्ता गर्ने भएको हो । आयोगले शुक्रबार बेलुकीसम्म सात वटा दल मात्रै दर्ता भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।त्यस्तै दलको विभिन्न तहम

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 120 पटक पढिएको
  • कांग्रेसको नयाँ नेतृत्वको पहिलो बैठकले गर्‍यो पाँच निर्णय

    काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । आज शनिबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।  थापाका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । त्यस्तै निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 105 पटक पढिएको
  • कांग्रेस वरियतामा शेखर २० औँ स्थानमा

    काठमाडौँ  / कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पार्टीका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाको वरियता २० औँ नम्बरमा रहेको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठक अघि निर्धारण गरिएको वरियतामा १४ औँ महाधिवेशनमा सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई २० औं नम्बरमा राखिएको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औं नम्बरमा थियो । १४ औं मा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थान माथि आएका छन् ।  कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापति पछिको वरियता दिने गरिएको थ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 137 पटक पढिएको
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलि देखि

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गते सम्म हुँदै छ । राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागि हुने एक हजार चार सय ८३ प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० प्रतिशत अर्थात एक सय ४८ प्रतिनिधि मनोनयन गर्नेछन्। अध्यक्ष प्रचण्डले मनोनयन गरेका प्रतिनिधिसहित कूल प्रतिनिधि संख्या एक हजार छ सय ३१ पुग्ने छ । पार्टीको राष्ट्रिय सम्मेलनमा आयोजक समितिब

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 99 पटक पढिएको
  • माओवादी स्थायी समिति बैठक आज बस्दै

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बैठक बस्न लागेको हो । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 96 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्रदेश २ मा संस्थापन समूहको प्यानल नै विजयी

    जनकपुरधाम / नेपाली कांग्रेसको प्रदेश २ को उपसभापतिमा कृष्ण यादव प्यानलका वीरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । गएराति सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार यादवले ८९५ मत पाएका छन् भने सिंहले १०१९ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित भएका हुन् । उनीहरूका प्रत्यासी विमलेन्द्र निधि र कोइराला समूहका समर्थन पाएका धनलाल ठोकरले ६३६, विनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याएका थिए ।शुक्रबार बिहान निधि–कोइराला पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए।पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदम

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 114 पटक पढिएको
  • आज कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौँ  / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।  नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको छ ।गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।कांग्रेसको

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.