काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गते सम्म हुँदै छ । राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । 

सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागि हुने एक हजार चार सय ८३ प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । 

OM Sai Pathibhara Hospital

यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० प्रतिशत अर्थात एक सय ४८ प्रतिनिधि मनोनयन गर्नेछन्। अध्यक्ष प्रचण्डले मनोनयन गरेका प्रतिनिधिसहित कूल प्रतिनिधि संख्या एक हजार छ सय ३१ पुग्ने छ । 

पार्टीको राष्ट्रिय सम्मेलनमा आयोजक समितिबाट १७९ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । 

राष्ट्रिय सम्मेलनमा प्रदेश –१ बाट ९६, प्रदेश –२ बाट १०६, वाग्मतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

माओवादीले पहिलो पटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ। महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।