काठमाडौं  / माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आज (शनिबार) नै दल दर्ता गर्ने भएको छ । 

निर्वाचन आयोगले दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएसँगै कांग्रेसले दल दर्ता गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

आयोगले शुक्रबार बेलुकीसम्म सात वटा दल मात्रै दर्ता भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । 

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।

त्यस्तै दलको विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने व्यवस्था छ ।