झापा  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेको लहर चलेको बताएका छन् । 

मदन भण्डारी स्मृति प्रतिष्ठानले झापाको उर्लाबारीमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू झापा आउँदा पार्टी प्रवेश गराइदिनु भन्दै लर्को लाग्ने गरेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, –‘  म झापा आउँदा मानिसहरू एयरपोर्टमा पुगेर पार्टी प्रवेश गराउनु पर्यो भनेर लर्को लाग्छन् ।’ 

त्यस्तै उनले एमाले फुटाएर लैजान्छु भनेर आएका प्रचण्ड आफ्नै नेता एमालेमा छाडेर फर्किएको बताएका छन् ।

‘प्रचण्ड यहाँबाट निस्किएर गए, उनलाई लागेको थियो ठुलै भाग लिएर जान्छु भन्ने, आधा कार्यकर्ता नेता यहीँ छाडेर गए, अरू पनि यता फर्कँदै छन्’ –उनले भनेका छन् ।

उनले आजको नेपालको राजनीति मदन भण्डारीको विचार र उनको बिचराको विरोधमा ध्रुविकृत भएको बताए । कम्युनिष्ट पार्टीको बर्को ओडेका प्रतिगामी शक्तिहरू देश बिगार्न लागेको उनले बताए ।