काठमाडौं / नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । 

आउँदो मङ्गलबारसम्म चल्ने महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

सम्मेलनको उद्घाटन आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  

सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ। सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।