काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । 

आज शनिबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

थापाका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । 

त्यस्तै निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने र महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढाउने संकल्प गरेको बताइएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त भएलगत्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।