राजनीति

    Showing 8,601-8,610 of 10,378 items.
  • सिके राउतका कार्यकर्ताले गरे चिकित्सक र जनप्रतिनिधिहरूमाथि आक्रमण

    बिर्तामोड / सिके राउत नेतृत्वका कार्यकर्ताले बुधबार जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधि सम्मलाई आक्रमण समेत गरेका छन् । बुधबार जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा  ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा सतिश साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । घाइते भएका डा साहको मुखमा ८ वटा टाँका लगाइएको छ । डा साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।मधेस प्रदेशमा जारी राष्ट्रियसभा न

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 94 पटक पढिएको
  • प्रदेश १ : माओवादीले तोक्यो जिल्ला संयोजक

    विराटनगर / नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले जिल्ला नेतृत्व चयन गरेको छ । प्रदेशको दोस्रो पूर्ण बैठकले १४ जिल्ला मध्ये ८ जिल्लाका संयोजक तोकेको छ भने विवाद देखिएका ६ जिल्लामा भने संयोजक चयन गर्न बाँकी रहेको छ ।प्रदेश कमिटीको बैठकले भोजपुर, तेह्रथुम, संखुवासभा, पाँचथर, इलाम , खोटाङ, उदयपुर र सोलुखुम्बुको संयोजक तोकेको हो ।बैठकले खोटाङ संयोजकमा दिपक पाण्डे , उदयपुर संयोजकमा बिनोद कट्वाल, सोलुखुम्बु संयोजकमा असिम राई, भोजपुर संयोजकमा नगेन्द्र भुजेल, तेह्रथुम संयोजकमा इम्जुङ, संखुवासभा संयोजकमा टेकमान राई, पाँचथर संयोजकमा होमबहादुर जबेगु र इलाम संयोजकमा सोममाया राई लाई जिम्मेवारी दिएको छ ।विव

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 142 पटक पढिएको
  • नेता वामदेव गौतम र पत्नी तुलासालाई कोरोना

    काठमाडौं / राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र पत्नी तुलसा थापा गौतमलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गौतमका छोरा हरिश गौतमले सामाजिक सञ्जाल लेख्दै पिता वामदेव र माता तुलसालाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।नेकपा एमालेका पूर्व नेता समेत रहेका वामदेव र पत्नी तुलसालाई केही दिन देखी बिरामी थिए । रुघाखोकी, घाँटी दुख्ने समस्या दुवैमा देखिएको थियो ।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 113 पटक पढिएको
  • जनमतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड

    जनकपुर / सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले सर्लाही हरिवन नगरपालिकाका मेयर सवार गाडीमा तोडफोड गरेका छन् ।राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जनकपुरधाम आउँदै गर्दा जनमतका कार्यकर्ता अवरोध गरेका थिए । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेलसँगै थिए । जनमतका कार्यकर्ताहरूले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा लाठीसहित प्रदर्शन गर्दै आएका छन् ।राष्ट्रियसभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा उनीहरूमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । जनमत पार्टीका कार्य

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 127 पटक पढिएको
  • पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन : मन्त्री आले

    काठमाडौं  / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको मन्त्री आलेले मंगलबार मन्त्रालयमा पत्रकारहरूलाई बताएका हुन्।मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उनले बताए। ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन,’ उनले भने।पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 96 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन : जनकपुरमा झडप

    बिर्तामोड / राष्ट्रियसभाको रिक्त १९ पदका लागि मतदान सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने तालिका रहेको भए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ ।६ वटा प्रदेशमा एमालेका उमेद्धारले एक्लै पाँच दलीय गठबन्धनका उमेद्धारसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । मधेश प्रदेशमा भने एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरी सत्तारुढ दलका उमेद्धारसँग चुनावी प्रतिष्पर्धा गरिरहेको छ ।यसैबीच मधेश प्रदेको राजधानी जनकपुरमा भने मतदानका क्रममा झडप भएको छ । जनकपुरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको हो ।जनमत पार्टीका कार्यक

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 113 पटक पढिएको
  • भोट हाल्न जाँदै गरेका सांसद दुर्घटनामा घाइते

    झापा / लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरीको राष्ट्रियसभा निर्वाचनका लागि भोट हाल्न घोराही जाने क्रममा सवारी दुर्घटनामा परि घाइते भएका छन् । राप्ती गाउँपालिकामा भएको उक्त दुर्घटनामा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।सांसद चौधरी चढेको बा २ झ ३४४४ नम्बरको जिप राप्ती १ कालाकाटे नजिक सुदूरपश्चिम - ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 158 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, मतदान भोलि बिहान ९ बजेदेखि

    काठमाडौँ / बुधबार हुने राष्ट्रिय सभा सदस्य चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । बाँकी रहेका काम आजै सक्ने आयोगको तयारी छ । पौडेलका अनुसार चुनावका लागि आइतबार राति देखि मौन अवधि जारी छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मी सहितको टोलीको व्यवस्थापन

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 98 पटक पढिएको
  • माओवादीमा नेतृत्व छनौट : पुनको आगमनले ल्यायो माओवादीमा पदीय हानथाप

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार सकेर फर्किएपछि माओवादी केन्द्रको रोकिएको पदाधिकारी छनौट प्रकिया अघि बढ्ने भएको छ । माओवादी केन्द्रको पुस ११ देखि पुस १५ सम्म काठमाडौँमा भएको आठौँ महाधिवेशन पुनको अनुपस्थितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारीको छनौट नगरी सम्पन्न गरिएको थियो । माओवादी केन्द्रको विधानले अध्यक्ष पछाडि दोस्रो शक्तिशाली र कार्यकारी पद महासचिव रहने व्यवस्था गरेको छ । महासचिवका आकांक्षी रहका प्रचण्ड पछाडि दोस्रो पुस्ताका ५ जना शीर्ष नेताहरू भने बलियो प्रतिष्पर्धामा रहेका छन । अर्थमन्त्री जनार्दन शर्मा , स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत , ऊर्जामन

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 127 पटक पढिएको
  • मैले सिके राउतलाई मार्ने धम्की दिएको छैन : मन्त्री यादव

    काठमाडौँ / जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्। ‘हाम्रो पार्टीको भातृ संगठन ‘समाजवादी युवा सङ्घले

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.