जनकपुर / सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले सर्लाही हरिवन नगरपालिकाका मेयर सवार गाडीमा तोडफोड गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जनकपुरधाम आउँदै गर्दा जनमतका कार्यकर्ता अवरोध गरेका थिए । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेलसँगै थिए । जनमतका कार्यकर्ताहरूले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा लाठीसहित प्रदर्शन गर्दै आएका छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रियसभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा उनीहरूमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।