राजनीति

    Showing 8,231-8,240 of 9,648 items.
  • कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल शेर्पा विजयी

    सोलुखुम्बु  / नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मङ्लबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थि

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 92 पटक पढिएको
  • लिङ्देन बलियो बन्दै : राणा तठस्त बस्ने

    बिर्तामोड / राप्रपाको आसन्न जारी अधिवेशनमा पार्टी नेतृत्वका लागि उमेद्धार बनेका झापाली नेता राजेन्द्र लिङ्देन अर्का अध्यक्ष कमल थापालाई ठुलो चुनौति बन्ने भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा दावी गरेका पार्टीका संस्थापक नेताहरू निर्वाचनका विषयमा खुलेपछि लिङ्देन थापाका लागि भारी हुने अवस्था देखा परेको छ ।पार्टी अध्यक्षमा दावी गर्दै आएका प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई साथ दिने घोषणा गरेपछि दबाबमा परेका नेता थापालाई पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले साथ दिने अनुमान गरिएको थियो । तर राणाले पनि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नदेखिएकाले आफू निर्वाचनमा तठस्त बस्ने घोषणा गरे

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 166 पटक पढिएको
  • राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै, लिङ्देनलाई लोहनीको साथ

     काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् । उनले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले लिङदेनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले अध्यक्षद्वय पशुपतिशमशेर जबरा र कमल थापालाई पनि लिङ्देनलाई समर्थन गरी पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेक

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 133 पटक पढिएको
  • एमाले महाधिवेशन : अध्यक्षमा ओली निर्वाचित

    चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिट

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 104 पटक पढिएको
  • बुद्धशान्ति अध्यक्षमा नेम्बाङ

    बुद्धशान्ति  / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ ।५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिव मा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् ।प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं १ सहइन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।स्वागत मात्रिका पौडेलले गरेको कार्यक्रमको सञ्चालन दुर्गा ढुङ्गेलले गरेका थिए । सोही कार्यक्रमका बीच १३ जनाले अन्य पार्टी परित्याग गरी न

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 113 पटक पढिएको
  • एमाले महाधिवेशन : सकियो मतदान , परिणाम केहि घण्टामा सार्वजनिक

    चितवन / नेकपा (एमाले) को नेतृत्व छनौटका लागि आज बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलजफ्ती सर्वसम्मत नेतृत्व छनौट गर्न कोसिस गरेपनि उनको कोसिस असफल भएपछि मतदानमा जानुपर्ने अवस्था आएको थियो ।मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट नै छनौट हुनेछ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अ

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 83 पटक पढिएको
  • मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

    काठमाडौँ, / उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।चन्द्रागिरि नगरपालिका – २ वाडभन्ज्याङ स्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपान्तरण सम्भ

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 91 पटक पढिएको
  • एमाले महाधिवेशन : पर्चा बाँड्नु गलत – निर्वाचन आयोग

    बिर्तामोड / चितवनमा जारी एमालेको महाधिवेशनमा सुरु भएको निर्वाचनमा निर्वाचन आचार संहिता विपरीत निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले पक्षले पर्चा वितरण गरेकोमा निर्वाचन समितिले आपत्ति प्रकट गरेको छ ।मुलुकको संविधान , ऐन तथा नियम विपरित काम गरेको भनेर चौतर्फी विरोध र आलोचना पछि सत्ता छाड्न बाध्य बनेका एमालेका निवर्तमान अध्यक्ष ओलीले सहमतिमा पार्टी अध्यक्ष बन्न गरेको प्रयास विफल भएपछि सुरु भएको निर्वाचनमा पनि आफ्नै पार्टीले बनाएको नियमको उलघंन गरेपछि विरोध सुरु भएको छ ।नेतृत्वका लागि सुरु भएको निर्वाचनमा आफ्नो प्रस्तावको विरोधमा उभिएका आफ्ना प्रतिष्पर्धा सहितका नेतालाई निर्वाचनमा पराजित गर्न पर्चा ब

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 123 पटक पढिएको
  • एमाले महाधिवेशन : मतदान जारी

    बिर्तामोड / नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म करिब १६५० भन्दा बढी मत खसेको छ ।मतदानको कार्यतालिकामा ढिलाई भएपछि मतदान बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक हुने छ ।एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीका लागि गरेको प्रयास विफल भएपछि निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुने भएको हो । मतदान सुरु भए लगत्तै पहिलो मत भने निवर्तमान अध्यक्ष ओलीले नै हालेका थिए ।एमालेमा पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेको हो । अन्य पदमा भने सहमतिमै ने

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 88 पटक पढिएको
  • माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । नेता पुनलाई गत शुक्रबार बैङ्ककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो । चीनमा उपचार गर्न सुरु गरे लगतै पुनको स्वास्थ्यमा सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा  घटेर १८ मा झरेको छ । यस अघि बैङ्ककम

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 86 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.