काठमाडौँ  / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने नयाँ आचारसंहिता बनाएको छ । 

निर्वाचन आयोगका अनुसार जनप्रतिनिधिहरूले स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो । 

OM Sai Pathibhara Hospital

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । 

ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । 

जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि सुविधा लिइरहेका हुन्छन् । उनीहरूले निर्वाचनमा भाग लिनुअघि राजीनामा नदिए उम्मेदवार बन्न रोक लगाउने प्रावधान आचारसंहितामा छ ।