काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन् ।

उनी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन गर्न शनिबार बिहान हेलिकप्टरमार्फत दोलखा पुगेका हुन्।

OM Sai Pathibhara Hospital

देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव–स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो भने खिम्ती सव–स्टेसन २२० र १३२ केभी क्षमताको हो। 

यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव–स्टेसन रहेको प्राधिकरणले जनाएको छ।