काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठुलो खिम्ती पावर सबस्टेसनको उद्घाटन गरेका छन् ।

देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका –१३ स्थित देवीटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

खिम्ती सबस्टेसन २२० र १३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मकै दोस्रो ठूलो सबस्टेसन हो।

स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२० र १३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको छ।

केभी सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२० र १३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ।