बिर्तामोड / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेना युएस एयर फोर्सको जहाज अवतरण भएको छ । 

अमेरिकी सरकारका उच्च अधिकारी र कुटनीतिज्ञ बोकेको अमेरिकी सेना युएस फोर्सको जहाज काठमाण्डौ स्थित त्रिभूवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ । 

OM Sai Pathibhara Hospital

अमेरिकी सैन्य जहाज काठमाण्डौ अवतरण भए लगत्तै शंकाको दृष्टिले सामाजिक संजालमा यो विषय भाईरल बनेपछि काठमाण्डौ स्थित अमेरिकी दुतावाशले कूटनीतिज्ञ लिएर जहाज आएको प्रतिकृया दिएको छ । 

चिनिया विदेशमन्त्रीको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी अधिकारीको टोली आएकाले यसलाई अर्थपूर्ण रुपमा लिईएको छ । 

चिनिया सहयोग परियोजना विआरआई र अमेरिकी सहयोग परियोजना एमसीसीका कारण भूराजनितीको चेपुवामा परेको नेपालले प्रष्ट पराराष्ट्र निती वनाउन नसक्दा समस्या झेल्नु पर्ने अवस्था आएको परराष्ट्र मामिला विज्ञहरु वताउन थालेका छन् । 


अमेरिकी सैन्य जहाज आएको सरकारी निकायले समेत पुष्टि गरेका छन् । विमानस्थल स्थित अध्यागमन कार्यालयले कूटनीतिज्ञ लिएर सैन्य जहाज आएको जनाएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले सैन्य जहाजमा अमेरिकी कूटनीतिज्ञ आएको पुष्टि गरेका हुन् ।