काठमाडौँ /  नेकपा (माओवादी केन्द्र) ले चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । 

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले दाहाललाई इन्चार्ज र अधिकारीलाई संयोजकमा चयन गरेको हो । 

OM Sai Pathibhara Hospital

भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । 

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष थिए।