राजनीति

    Showing 8,181-8,190 of 10,378 items.
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

     काठमाडौं / गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (मंगलबार) पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्नेरनगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिँदै गएको हो ।सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ रहेका छन्, भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा छन् । आज अपरान्ह ३ बजे बस्ने बैठकबाट सम्भवत चुनावी तालमेल गर्नेनगर्ने सम्बन्धमा निर्णय आउने बताइएको छ ।सभापति देउवा पक्षका अधिकांश सदस्यहरू पनि तालमेलकै पक्षमा देखिएकाले कांग्रेसले सैद्धान्तिक रुपमा चुनावी तालमेलको निर

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेसले गर्यो पोखरामा राष्ट्रपति बहिष्कार

    पोखरा / विगतको आफ्नो पार्टी नेकपा एमालेको पक्षमा लाग्ने र सहयोग पुग्ने गरी काम र गतिविधि गर्ने गरेको भनेर आरोप खेपिरहेकी एमालेकी पूर्व नेता समेत रहेकी राष्ट्रपति विध्यादेवी भण्डारीलाई पोखरामा आयोजित एक कार्यक्रममा जनप्रतिनिधिले नै बहिष्कार गरेका छन् ।आफू पदमा रहँदा सँधै एमालेको पक्षमा लागेको आरोप खेप्ने गरेकी उनलाई पोखरा महानगरपालिकामा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागि कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।निर्वाचनको माहोल सुरु भएपछि आयोजित सम्मेलनमा पोखरा महानगरका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । स्वार्थपूर्ण तरिकाले कार्यक्रम आयोजना गरिएको भन्दै उनीहरूले र

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 120 पटक पढिएको
  • कनकाई नगरपालिकामा पाँच दलले गर्याे तालाबन्दी

    झापा / कनकाइ नगरपालिकाका प्रमुख पाँच दलले कनकाई नगरपालिकाको कार्यलयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले कोरिया पठाउने नाममा युवाहरुलाई ठगी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी नेपाल र विवेकशील साझा पार्टीले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।कनकाई नगरपालिकाले कोरियोका गोयन्कु काउन्टी पालिकासँग सम्झौता गरेर गत मंसिर २९ गते १६ जना मौसमी कृषि श्रमिक पठाएको थियो । १६ जनाको समूहमा कोरिया पुगेका कनकाईका दिनेश न्यौपानेले स्वास्थ्य परीक्षण गर्दा फेल भएपछि आफ्नै खर्चमा टिकट काटेर घर फर्किएका थिए । उनी घर फर्किएपछि नगरपालिकाको कर्तुत बाहिरिएको थियो । 

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 126 पटक पढिएको
  • अर्थमन्त्री शर्माको राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरूलाई देउवाले दिए गाली

    काठमाडौँ / कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरूलाई गाली गरेका छन्। प्रधानमन्त्री देउवाले अहिले अर्थमन्त्री शर्माले अर्थतन्त्रको सुधारको लागि पछिल्लो समय राम्रो काम गरेको भन्दै बचाउ गरेका थिए । पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरेका थिए । उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री देउवासँग माग गरेका थिए । स्नेहीलगायत केही नेताहरूले हिजोको बैठकमा अर्थम

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 112 पटक पढिएको
  • प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

    काठमाडौँ / प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् ।  सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री देउवा भारत जान लागेको जानकारी दिएको छ । चैत  २० गते नेपाल फर्किने प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत  जान लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 94 पटक पढिएको
  • पाठक, बास्तोला र कार्कीलाई गर्यो माओवादी केन्द्र कनकाईले सम्मान

    झापा / नेकपा माओवादी केन्द्र कनकाईले कनकाई उद्योग वाणिज्य संघ र सुरुङ्गा रेडक्रसमा बिजयी हुने तीन प्रतिनिधिलाई पार्टीको तर्फबाट सम्मान गरेको छ । कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष डिल्ली पाठक र सदस्य उत्सव बास्तोला र सुरुङ्गा रेडक्रसमा उपसचिवमा निर्वाचित भएका यज्ञराज कार्कीलाई पार्टीले सम्मान गरेको हो । उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका नगर सदस्य हुन् । पार्टीको तर्फबाट उम्मेदवारी दिई निर्वाचित भएका उनीहरूलाई पार्टीकी केन्द्रिय निर्वाचन आयोगकी सदस्य तथा संविधानसभा सदस्य सुशीला कन्दङ्वा (वर्षा), मणिकुमार साम्पाङ (बिजय), पार्टी नगर अध्यक्ष यामनाथ सेडाई र पार्टीका प्रदेश सदस्य ग

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 103 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : सबैभन्दा धेरै मतदाता मोरङमा

    मोरङ / निर्वाचन आयोगले आगामी वैशाख २० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले निर्वाचनमा सहभागि हुन पाउने छन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला र एक सय ८३ जना मतदाता रहेका छन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् भने सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ छन् भने मनाङमा छ हजार चार सय ९६ जना रहेका छन् । धेरै मतदाता हुनेमा झापा र काठमाडौँ पनि रहेको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 96 पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि तोकियो निर्वाचन अधिकृत, झापाका कुन पालिकामा कसले पाए जिम्मेबारी ?

    झापा / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । चैत २९ गतेदेखि लागू हुनेगरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने स्थानीय तहका लागि जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ । झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 112 पटक पढिएको
  • स्थानीय निर्वाचन : ओखलढुङ्गामा एमाले र माओवादी चुनावी एकता गर्दै

    ओखलढुंगा / देशभर सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको तयारी भइरहेका बेला ओखलढुङ्गाको एक गाउँपालिकामा भने नेकपा माओवादी र एमालेले तालमेल गर्ने भएका छन् । कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष रहको चम्पादेवी गाउँपालिकामा सत्तारुढ गठबन्धन दल माओवादी र एमालेले तालमेल गर्ने भएका हुन् । माओवादी र एमालेबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि भागबन्डाको विषय टुंगो लगाउन बाँकी रहेको चम्पादेवी –५ का वडाध्यक्ष तथा माओवादी केन्द्रका इन्चार्ज झलक तामाङले जानकारी दिए । तामाङका अनुसार १० वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षसहित चार वडाध्यक्ष मागेको छ । यदि अध्यक्ष एमा

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 120 पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता

    खोटाङ / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिह्न लिन दल दर्ता गराएका हुन्।जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउनेमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी रहेका छन् । त्यस्तै नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.