काठमाडौं / गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (मंगलबार) पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्नेरनगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिँदै गएको हो ।


सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ रहेका छन्, भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा छन् । आज अपरान्ह ३ बजे बस्ने बैठकबाट सम्भवत चुनावी तालमेल गर्नेनगर्ने सम्बन्धमा निर्णय आउने बताइएको छ ।

OM Sai Pathibhara Hospital

सभापति देउवा पक्षका अधिकांश सदस्यहरू पनि तालमेलकै पक्षमा देखिएकाले कांग्रेसले सैद्धान्तिक रुपमा चुनावी तालमेलको निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।