काठमाडौं / गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (मंगलबार) पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्नेरनगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिँदै गएको हो ।
सभापति देउवा पक्षका अधिकांश सदस्यहरू पनि तालमेलकै पक्षमा देखिएकाले कांग्रेसले सैद्धान्तिक रुपमा चुनावी तालमेलको निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।






































