झापा / कनकाइ नगरपालिकाका प्रमुख पाँच दलले कनकाई नगरपालिकाको कार्यलयमा तालाबन्दी गरेका छन् । 

नगरपालिकाले कोरिया पठाउने नाममा युवाहरुलाई ठगी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी नेपाल र विवेकशील साझा पार्टीले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कनकाई नगरपालिकाले कोरियोका गोयन्कु काउन्टी पालिकासँग सम्झौता गरेर गत मंसिर २९ गते १६ जना मौसमी कृषि श्रमिक पठाएको थियो । 

१६ जनाको समूहमा कोरिया पुगेका कनकाईका दिनेश न्यौपानेले स्वास्थ्य परीक्षण गर्दा फेल भएपछि आफ्नै खर्चमा टिकट काटेर घर फर्किएका थिए । उनी घर फर्किएपछि नगरपालिकाको कर्तुत बाहिरिएको थियो । 

यो घटना बाहिरिएसँगै पाँच दलले श्रमिकलाई गैरकानुनी रुपमा कोरिया पठाएको विषयको सत्यतथ्य छानविनको माग गर्दै नगरप्रमुख राजेन्द्र कुमार पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । 

तर नगरप्रमुखले सो विषयका चासो नदेखाएपछि तालाबन्दी गर्नु परेको माओवादी केन्द्रका नगर अध्यक्ष यामनाथ सेडाई जानकारी दिए । 

पाँच दलले नगरक्षेत्र भित्र कोणसभा समेत गरेको गरेका छन् ।

कोणसभामा माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका नगर सभापति दुर्गा प्रसाई, विवेकशील साझाका नगर अध्यक्ष गोपाल चुँडाल, संघीय समाजवादी राप्रपाका नगर अध्यक्ष जेपी उप्रेती, माओवादी केन्द्रबाट नगर इन्चार्ज गोपाल प्रसाईलगायत सयौँ कार्यकर्ता तथा स्थानीयरहेको उपस्थिति रहेको थियो । 

कोणसभामा बोल्दै माओवादीका नगर अध्यक्ष सेडाईले सम्झौतामा कनकाईनगर क्षेत्रका मात्रै पठाउने सम्झौता भएपनि ताप्लेजुङको फक्ताङलुग गाउँपालिका र सिवसताक्षीका मानिसलाई पनि कनकाईको कोटाबाट कोरिया पठाएको आरोप लगाए । 

उनले नगरपालिकाले तीन दिन भित्र सो विषयमा चित्तबुझ्दो जवाफ नदिए निरन्तर विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । 

नगर प्रमुख पोखरेलले श्रमीकबाट तीन लाख ८० हजार रुपौया असुलेको, श्रम स्वीकृत नगरी सेटिङमा श्रमीक पठाएको र मालपोत कार्यलयसँग संनवय नगरी व्यक्गित रुपमा श्रमीको धनीपुर्जा राखेको कांग्रेसका नगर सभापति प्रसाईँको आरोप छ ।  

प्रसाईँले कृषि बजेटमा एनजीओलाई दुई करोड दिएर पोखरेलले आफू निकट पार्टीका कार्यकर्तालाई सो रकम बाँडेको समेत आरोप लगाएका छन् । 

उच्चस्तरीय छानविन समिति बनाइ घटनाको छानविन गर्न पाँच दलले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा आजै ज्ञापन पत्र बुझाएको छ ।