मोरङ / निर्वाचन आयोगले आगामी वैशाख २० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ । 

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले निर्वाचनमा सहभागि हुन पाउने छन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला र एक सय ८३ जना मतदाता रहेका छन् । 

OM Sai Pathibhara Hospital

आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् भने सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ छन् भने मनाङमा छ हजार चार सय ९६ जना रहेका छन् । 

धेरै मतदाता हुनेमा झापा र काठमाडौँ पनि रहेको छ । झापामा छ लाख ४६ हजार दुई सय ३४ र काठमाडौँमा छ लाख ३७ हजार सात सय ७५ मतदाता रहेको आयोगले जनाएको छ ।  

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थल अन्तर्गत २१ हजार ९५५ मतदानकेन्द्रहरु राख्ने निर्णय गरेको छ ।

सबैभन्दा बढी मतदानकेन्द्र मधेस प्रदेश, बागमती र प्रदेश नं. १ मा रहेका आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश नं. १ मा ४ हजार ५१ वटा मतदानकेन्द्र रहनेछन् । 

सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदानकेन्द्र रहनेछन् ।