ओखलढुंगा / देशभर सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको तयारी भइरहेका बेला ओखलढुङ्गाको एक गाउँपालिकामा भने नेकपा माओवादी र एमालेले तालमेल गर्ने भएका छन् । 

कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष रहको चम्पादेवी गाउँपालिकामा सत्तारुढ गठबन्धन दल माओवादी र एमालेले तालमेल गर्ने भएका हुन् । 

OM Sai Pathibhara Hospital

माओवादी र एमालेबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि भागबन्डाको विषय टुंगो लगाउन बाँकी रहेको चम्पादेवी –५ का वडाध्यक्ष तथा माओवादी केन्द्रका इन्चार्ज झलक तामाङले जानकारी दिए । 

तामाङका अनुसार १० वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षसहित चार वडाध्यक्ष मागेको छ । यदि अध्यक्ष एमालेले लिने भए उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष पाउनुपर्ने माग गरेको तामाङले बताए । 

प्राविधिक विषयले बाधा नपारे सैद्धान्तिक रुपमा एमाले र माओवादीबीच तालमेल गर्ने अन्तिम प्रयास भइरहेको नेकपा एमालेका प्रदेश १ का सदस्य तीर्थ सुवेदीले जानकारी दिए ।