झापा / नेकपा माओवादी केन्द्र कनकाईले कनकाई उद्योग वाणिज्य संघ र सुरुङ्गा रेडक्रसमा बिजयी हुने तीन प्रतिनिधिलाई पार्टीको तर्फबाट सम्मान गरेको छ । 

कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष डिल्ली पाठक र सदस्य उत्सव बास्तोला र सुरुङ्गा रेडक्रसमा उपसचिवमा निर्वाचित भएका यज्ञराज कार्कीलाई पार्टीले सम्मान गरेको हो । 

OM Sai Pathibhara Hospital

उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका नगर सदस्य हुन् ।

पार्टीको तर्फबाट उम्मेदवारी दिई निर्वाचित भएका उनीहरूलाई पार्टीकी केन्द्रिय निर्वाचन आयोगकी सदस्य तथा संविधानसभा सदस्य सुशीला कन्दङ्वा (वर्षा), मणिकुमार साम्पाङ (बिजय), पार्टी नगर अध्यक्ष यामनाथ सेडाई र पार्टीका प्रदेश सदस्य गोपाल प्रसाईलगायतले सम्मान गरेका हुन् ।