काठमाडौँ / प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् ।  सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री देउवा भारत जान लागेको जानकारी दिएको छ ।

 चैत  २० गते नेपाल फर्किने प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत  जान लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।