काठमाडौँ / कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरूलाई गाली गरेका छन्। प्रधानमन्त्री देउवाले अहिले अर्थमन्त्री शर्माले अर्थतन्त्रको सुधारको लागि पछिल्लो समय राम्रो काम गरेको भन्दै बचाउ गरेका थिए । 

पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरेका थिए । उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री देउवासँग माग गरेका थिए । स्नेहीलगायत केही नेताहरूले हिजोको बैठकमा अर्थमन्त्रीको राजीनामा मागेको कुरा आएको थियो ।

OM Sai Pathibhara Hospital

तर, सभापति देउवाले भने अहिले अर्थमन्त्रीको राजीनामा माग्ने कुरा नगर्नुहोस् भन्दै सम्झाएका थिए । पछिल्लो समय प्रधानमन्त्री देउवासँग नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेको भेटवार्तामा अर्थमन्त्रीलाई कुनैपनि हालतमा नहटाउने समझदारी बनेको छ । अर्थमन्त्री शर्मा भने आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको सम्बन्धमा वित्तीय संघीयता सम्बन्धी बिज्ञ तथा सरोकारवालाहरूसँग छलफलमा व्यस्त छन् । उनले आफूले मुलुक र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नै काम गरेको बताउने गरेका छन् ।