राजनीति

    Showing 8,061-8,070 of 10,374 items.
  • चितवनमा एमाले र राप्रपाले चुनावी तालमेल गर्दै

    भरतपुर / फरक विचार धारा र सिद्धान्तलाई आत्मसाथ गर्दै आएका पार्टी नेकपा एमाले र हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने भएका छन् । मुलुकमा नयाँ व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेको नेकपा एमाले चुनावी स्वार्थका लागि प्रजातन्त्रको विरोध गर्दै आएको पार्टी राप्रपासँग चितवनमा चुनावी तालमेल गर्ने भएको हो । आसन्न निर्वाचनमा (राप्रपा) चितवनले नेकपा एमालेसँग गठबन्धन गर्न बाटो खुला गरे पनि आधिकारिक निर्णय भने गरिनसकेको राप्रपा चितवनका प्रचारप्रसार विभाग प्रमुख जीवलाल पुरीले जानकारी दिए । पुरीले भने, ‘‘नेकपा एमालेसँग

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 158 पटक पढिएको
  • आज कम्युनिष्ट पार्टीको स्थापना दिवस, एमालेले विभिन्न कार्यक्रम गरी मनाउदैँ

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेकपा एमालेले भव्य कार्यक्रमको आयोजना गरेको छ । कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सार्ने लगायत कार्यक्रम गरेर एमालेले दिवस मनाउँदैछ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेले आजै स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गर्दैछ ।नेकपा माओवादी केन्द्र लगायत साना पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । २००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकातामा

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 117 पटक पढिएको
  • हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष गिरीद्धारा पदबाट राजीनामा

    बिर्तामोड  / झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आसन्न निर्वाचनमा उनी निर्वाचित भएको पार्टी नेकपा एमालेको चुनावी कार्यक्रममा खटिनु पर्ने भएकाले राजीनामा दिएको उल्लेख छ । राजीनामा पत्रमा उनले बहुमत प्राप्त नेकपा एमालेले गरेको विकास निर्माणमा सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई धन्यवाद समेत दिएका छन् । लिङ्देन राप्रपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । गिरीसहित वडा नम्बर

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,548 पटक पढिएको
  • झापामा टुट्यो गठबन्धन : समाजवादीद्धारा एकलौटी उम्मेद्वारको नाम सार्वजनिक

    बिर्तामोड / झापामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । समाजवादीका प्रवक्ता तीर्थ सिग्देलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भागबन्डा नमिलेको भन्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् । सिग्देलले एकलौटी रुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने समेत बताएका छन् । उनले हल्दीबारी र गौरीगञ्ज गाउँपालिका उपप्रमुख खाली राखेर झापाका १५ वटै स्थानीय तहमा उम्मेद्वार अघि सारेको बताएका छन् । गठबन्धनबाट समाजवादी बाहिरिएसँगै झापामा सत्तापक्षीय गठबन्धन कमजोर बनेको राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ । एकीकृत समाजवादीबाट झापामा सिफारिस भएका प्रमुख र उपप्रमुखका उमे

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 787 पटक पढिएको
  • २०७४ को स्थानीय तह निर्वाचन : प्रदेश १ का १९ पालिकामा सय भन्दा कम मतान्तरले हारजित

    बिर्तामोड / २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का कुल १ सय ३७ स्थानीय तहमध्ये १९ वटा पालिकामा एक सय मतान्तरले हारजित भएको थियो । नेकपा एमालेले ११, कांग्रेस र माओवादी केन्द्रले ४–४ वटा स्थानीय तहमा सयभन्दा कम मतान्तरले चुनाव जितेका हुन् । एमालेले झापाको कमल, भोजपुरको राप्रसाद राई, सोलुखुम्बुको सभापोखरी, नोचासल्यान र खुम्बु पासगलामु, उदयपुरको ताप्ली, ताप्लेजुङको मेवाखोला, ओखलढुङ्गाको मोलुङ र लिखु, मोरङको ग्रामथान र उदयपुरको त्रियुगा गाउँपालिकामा एक सयभन्दा कम मतअन्तरले जितेको थियो ।झापाको कमल गाउँपालिकामा दुई उम्मेदवारको समान मत आएपछि गोला प्रथाबाट प्रमुख छानिएको थियो । नेकपा एम

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 326 पटक पढिएको
  • राष्ट्रिय उद्योग र कलकारखाना बेचेर कांग्रेसले देशलाई परनिर्भर बनायो : खनाल

    इलाम / स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका नेताहरूले परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन् । अन्य पार्टीका नेता तथा कार्यकर्तालाई प्रलोभन देखाएर वा अनेकौं लाञ्छना लगाई आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरूनै अग्रसर भएका हुन् । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि निर्वाचन नजिकिएसँगै परिणाम आफ्नो पक्षमा पार्न सरकारदेखि चुनावसम्म सहयात्रा गरेको कांग्रेसलाई अनेकौँ आरोप लगाएका छन् । इलामको माइजोगमाईमा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय उद्योग र कलक

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 236 पटक पढिएको
  • प्रधानमन्त्री र अर्थमन्त्रीको मिलेमतोमै गभर्नर हटाइएको हो : अध्यक्ष प्रचण्ड

    बिर्तामोड / अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र अर्थमन्त्री मिलेर सहमतिमै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको आरोप लगाएका छ । आज (बिहीबार) धनगढीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाले सल्लाह गरेरै गभर्नर हटाएको आरोप लगाएका हुन् । अधिकारी गभर्नर भएदेखि नै सरकारसँग त्यति राम्रो सम्बन्ध नभएको बताउँदै प्रचण्डले भने  ‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 131 पटक पढिएको
  • प्रदेश १ मा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने गठबन्धनको निर्णय

    बिर्तामाेड / प्रदेश १ को कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चार दलीय गठबन्धनले कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सुनसरीको इटहरीमा (बुधबार) बसेको गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरू बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए । डाँगीका अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबन्डाको टुंगो लागिसकेको छ । हालसम्म मिलेका जिल्लाको र नमिलेका

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 103 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : कुन पदका उम्मेदवारको धरौटी कति ?

    काठमाडौं / स्थानीय सरकारको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मनोनयन दर्ताको मिति सहित उम्मेदवारले कतिसम्म धरौटी राख्नुपर्ने सार्वजनिक गरेको छ । निर्वाचन आउन २२ दिन बाँकी रहँदा आयोग वैशाख ११ र १२ गते भित्रमा मनोनयन दर्ता गराउनु पर्ने भन्दै १२ गते उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा लागेको हो । आयोगले निर्वाचनमा उम्मेदवारीको आकांक्षा राख्नेले आवश्यक योग्यता पुगेमा मात्र २ दिन भित्रमा मनोनयन पत्र दाखिला गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ अनुसार मनोनयन पत्र दाखिला गर्दा उम्मेदवारले धरौटी राख्नुपर्ने हुन्छ ।  निर्देशिकाको दफा ३६ मा वडा सदस्य पदको

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 132 पटक पढिएको
  • संघीय लोकतान्त्रिक मञ्चले ८ जिल्लामा ५१ वडा जित्ने दाबी

    झापा / लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ का ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा १ वडाध्यक्ष र ५ जना वडा सदस्य मात्र जितेको संघीय लोकतान्त्रिकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दलसँग चुनावी तामेल गरेसँगै यस्तो दाबी गरेको हो ।अघिल्लो स्थानीय तह निर्वाचनमा इलामको चुलाचुली –१ मा वडाध्यक्षसहित ५ जना विजयी भएका थिए भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका –६ को एउटा वडा सदस्यमा पनि सोही पार्टीका उम्मेदवार विजयी भएका थिए ।प्रदेशसभा निर्वाचनमा सो पार्टीबाट विष्णुमाया तुम्

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.