बिर्तामाेड / प्रदेश १ को कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चार दलीय गठबन्धनले कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सुनसरीको इटहरीमा (बुधबार) बसेको गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरू बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

डाँगीका अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबन्डाको टुंगो लागिसकेको छ । 

हालसम्म मिलेका जिल्लाको र नमिलेका जिल्लाको रिपोर्ट केन्द्रमा पठाउने प्रदेशस्तरीय गठबन्धन संयन्त्रले निर्णय गरेको डाँगीले बताए । मिलेका जिल्लामा तत्काल उम्मेदवारको टुंगो लगाएर चुनावमा जान पनि बैठकले कार्यकर्तालाई निर्देशन दिएको छ ।

त्यस्तै प्रदेश १ मा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि गठबन्धन दलसँगै सहकार्य गर्ने जनाएको छ ।