काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

दिवसको अवसरमा नेकपा एमालेले भव्य कार्यक्रमको आयोजना गरेको छ । कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सार्ने लगायत कार्यक्रम गरेर एमालेले दिवस मनाउँदैछ । 

OM Sai Pathibhara Hospital

कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेले आजै स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गर्दैछ ।

नेकपा माओवादी केन्द्र लगायत साना पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । 

२००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो ।

कोलकाताको एउटा कोठाबाट सुरु भएको नेपालको कम्युनिष्ट पार्टी ७४ वर्षमा आइपुग्दा देशको सबैभन्दा ठूलो शक्ति बन्यो । तर देश भिन्न टुटफुट विभाजन पार गर्दै देशकै सबैभन्दा ठूलो र संसद्‍मा करिब दुई तिहाइको अवस्थामा पुगेको कम्युनिष्ट पार्टी फेरि विभाजन भएको छ ।