इलाम / स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका नेताहरूले परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन् । 

अन्य पार्टीका नेता तथा कार्यकर्तालाई प्रलोभन देखाएर वा अनेकौं लाञ्छना लगाई आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरूनै अग्रसर भएका हुन् । 

OM Sai Pathibhara Hospital

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि निर्वाचन नजिकिएसँगै परिणाम आफ्नो पक्षमा पार्न सरकारदेखि चुनावसम्म सहयात्रा गरेको कांग्रेसलाई अनेकौँ आरोप लगाएका छन् । 

इलामको माइजोगमाईमा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका हुन् । 

खनालले भने, ‘कांग्रेसले कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने । सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन, गरीब बनाइएको हो ।’

सत्ता गठबन्धन दलकै शीर्ष नेताले यसरी निर्वाचनको मुखमा एक अर्कालाई लाच्छना लगाएर आफू राम्रो बनिन खोज्नु नयाँ भने होइन् ।

यसरी नै एक अर्कालाई होच्याएर आफू राम्रो हुन खोज्ने प्रवृत्ति निरन्तर चलिरहने हो भने यस पटकको निर्वाचनमा पनि देशको राजनीतिमा आमूल परिर्वतन भने आउने छैन ।