बिर्तामोड / अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र अर्थमन्त्री मिलेर सहमतिमै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको आरोप लगाएका छ । 

आज (बिहीबार) धनगढीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाले सल्लाह गरेरै गभर्नर हटाएको आरोप लगाएका हुन् । 

OM Sai Pathibhara Hospital

अधिकारी गभर्नर भएदेखि नै सरकारसँग त्यति राम्रो सम्बन्ध नभएको बताउँदै प्रचण्डले भने  ‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रस्ट भइसकेको छ ।’

गत चैत चार गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गभर्नर अधिकारी २५ चैतबाट निलम्बनमा परेका थिए । तर, सर्वोच्च अदालतले मंगलबार गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पुरा गर्न दिनु भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि गभर्नर अधिकारीको राष्ट्र बैंक फर्किने बाटो खुल्ला भएको थियो ।