बिर्तामोड / झापामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । समाजवादीका प्रवक्ता तीर्थ सिग्देलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भागबन्डा नमिलेको भन्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् । 

सिग्देलले एकलौटी रुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने समेत बताएका छन् । उनले हल्दीबारी र गौरीगञ्ज गाउँपालिका उपप्रमुख खाली राखेर झापाका १५ वटै स्थानीय तहमा उम्मेद्वार अघि सारेको बताएका छन् । 

OM Sai Pathibhara Hospital

गठबन्धनबाट समाजवादी बाहिरिएसँगै झापामा सत्तापक्षीय गठबन्धन कमजोर बनेको राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ । 

एकीकृत समाजवादीबाट झापामा सिफारिस भएका प्रमुख र उपप्रमुखका उमेदवारहरूः

१. मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
     उप प्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा
२. बुद्धशान्ति प्रमुख : दुर्गा आचार्य, पुष्प खतिवडा 
    उप प्रमुख : प्रदीप धिमाल
 ३. अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना
    उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा 
४. बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला
  उप प्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला 
५. कनकाई प्रमुख : नारायण सिंह राजवंशी
   उप प्रमुख : अम्बिका उप्रेती 
६. भद्रपुर प्रमुख : पुष्प पोखरेल, दुर्गा भट्टराई 
    उप प्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल
७. शिवसतासी प्रमुख : नवीन इजम
   उप प्रमुख : यशोदा भट्टराई 
८. कमल प्रमुख : हरिमाया मैनाली, खगेन्द्र बाराकोटी
  उप प्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी 
९. गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजवंशी
   उप प्रमख : लक्ष्मीदेवी चौधरी
१०. कचनकवल प्रमुख : खेपचरण यादव

     उप प्रमुख : मेहरमान राजवंशी
११. दमक प्रमुख : इन्द्र बुढाथोकी, भरतबाबु कार्की
   उप प्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी 
१२. बाह्रदशी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत
  उप प्रमुख : सुस्मा मुर्मु
१३. गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजवंशी
१४. झापा प्रमुख : रामबहादुर खड्का 
  उप प्रमुख : इश्वरी दाहाल 
१५. हल्दीबारी प्रमुख : टीका पौडेल