बिर्तामोड  / झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आसन्न निर्वाचनमा उनी निर्वाचित भएको पार्टी नेकपा एमालेको चुनावी कार्यक्रममा खटिनु पर्ने भएकाले राजीनामा दिएको उल्लेख छ । 

OM Sai Pathibhara Hospital

राजीनामा पत्रमा उनले बहुमत प्राप्त नेकपा एमालेले गरेको विकास निर्माणमा सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई धन्यवाद समेत दिएका छन् । लिङ्देन राप्रपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । 

गिरीसहित वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा र मोहन चन्द्र रेग्मीलाई अध्यक्षका लागि एमालेले सिफारिस गरेको छ ।