राजनीति

    Showing 7,981-7,990 of 10,373 items.
  • आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

    झापा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले शनिबार (आज) चुनाव चिह्न प्रदान गर्ने भएको छ ।शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ । उम्मेदवारहरूले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनु अघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउनेछन् ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 96 पटक पढिएको
  • उदयपुरमा दुई जना वडा सदस्य निर्विरोध

    उदयपुर / उदयपुरमा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट एक जना र माओवादी केन्द्रबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।एमालेबाट रौतामाई गाउँपालिका –१ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी फुलमाया विक (दियाली) र माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका –१ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवकुमारी कामी  निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।स्थानीय तह निर्वाचन ऐन दफा २५ बमोजिम उनीहरु दुबै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 118 पटक पढिएको
  • एमाले उम्मेदवार कार्कीविरुद्ध परेको उजुरी खारेज

    विराटनगर / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट विराटनगर महानगरको उपमेयर पदमा उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी खारेज भएको छ । कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै कार्की विरुद्ध परेको उजुरी विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । कार्कीले राजीनामा गरेको कागजात पेश गरेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए । उम्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 121 पटक पढिएको
  • कांग्रेसका दुई बागीले लिए उम्मेदवारी फिर्ता

    पोखरा / पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुवैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् ।सापकोटा कांग्रेस कास्कीका पूर्व सचिव हुन् भने तिवारी पूर्व कोषाध्यक्ष हुन् । अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् । 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 161 पटक पढिएको
  • आलमको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा

    काठमाडौँ / कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज (शुक्रबार) सुनुवाइ नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलमविरुद्ध विस्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ ।उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 112 पटक पढिएको
  • मेयरबाट राजीनामा : वडा सदस्यमा उम्मेदवारी

    इटहरी / स्थानीय तहको निर्वाचन नजिकिएसँगै धेरैजसो पालिकाका प्रमुख दोहोरी रहँदा सुनसरीका एक नेताले मेयरमा राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहता वडा नम्बर २ को सदस्यमा उम्मेदवारी दिएका छन् ।वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टिममा मेहताको नाम भने वडा सदस्यमा दर्ता भएको हो । इनरुवा कांग्रेस नेताहरूले भने जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहता वडा सदस्यमा उठेको तर्क गर्ने गरेका छन् ।तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 160 पटक पढिएको
  • काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।लोसपाले काठमाडौं महानगरको प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीलाई उठाएको थियो । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 100 पटक पढिएको
  • वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको मृत्यु

    मोरङ / मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका –२ को वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको शुक्रबार (आज) मृत्यु भएको हो ।चुनावी प्रचार अभियान सकेर बिहीबार बेलुका घरमा सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा लिम्बुको बाटोमै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदव

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 171 पटक पढिएको
  • लोसपाले गर्यो चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं /  वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लोसपाले घोषणापत्र सार्वजनिक गरेको हो । लोसपाले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र हरेक नागरिकका लागि बीमाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । सबै महिलाहरूलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।निःशुल्क र व्यावहारिक शिक्षा, उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 101 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठकले गर्यो तीन निर्णय

    काठमाडौं / पाँच दलीय सत्ता गठबन्धन भन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ ।सत्तागठबन्धन दलका शीर्ष नेताको आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज खारेज गर्ने निर्णय गरेको हो । बैठकमा गठबन्धनमा आवद्ध दलहरूले अन्य दलसँग गरेको चुनावी तालमेल खारेज नगरे तत्काल कारबाही गर्ने निर्णय गरेको छ । त्यस्तै गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ ।यसैगरी गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमह

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.