मोरङ / मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको मृत्यु भएको छ । 

नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका –२ को वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको शुक्रबार (आज) मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

चुनावी प्रचार अभियान सकेर बिहीबार बेलुका घरमा सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । 

उपचारका लागि अस्पताल लैजाने क्रममा लिम्बुको बाटोमै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । 

चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ।