काठमाडौं /  वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लोसपाले घोषणापत्र सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

लोसपाले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र हरेक नागरिकका लागि बीमाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

सबै महिलाहरूलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

निःशुल्क र व्यावहारिक शिक्षा, उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा, स्नातक र स्नातकोत्तर शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था र छात्राहरूलाई आत्मरक्षाको प्रशिक्षण दिने प्रतिबद्धता पनि उसले जनाएको छ ।

महिलामैत्री पूर्वाधार एवं विशेष सुविधाको व्यवस्था, सार्वजनिक यातायात पूर्ण रुपमा निःशुल्क, हरेक प्रसूतिलाई ५१ सय रुपैयाँ दिने र स्नातक महिलालाई आवश्यक परेको अवस्थामा ५१ हजारसम्म दिने प्रतिबद्धता लोसपाले जनाएको छ ।

सबल सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, नियमित टोल, गाउँ र नगर सरसफाइ तथा स्थानीय सरकारले आफ्नो कर्मचारी आफैँले भर्ना गर्ने तथा सहज, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । हरेक सूचनाको सहज उपलब्धता गराउने लोसपाको प्रतिबद्धता छ