झापा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले शनिबार (आज) चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

OM Sai Pathibhara Hospital

निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।

उम्मेदवारहरूले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनु अघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउनेछन् ।