इटहरी / स्थानीय तहको निर्वाचन नजिकिएसँगै धेरैजसो पालिकाका प्रमुख दोहोरी रहँदा सुनसरीका एक नेताले मेयरमा राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहता वडा नम्बर २ को सदस्यमा उम्मेदवारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टिममा मेहताको नाम भने वडा सदस्यमा दर्ता भएको हो । इनरुवा कांग्रेस नेताहरूले भने जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहता वडा सदस्यमा उठेको तर्क गर्ने गरेका छन् ।

तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए ।