काठमाडौँ / कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज (शुक्रबार) सुनुवाइ नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । 

न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलमविरुद्ध विस्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ ।

OM Sai Pathibhara Hospital

उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा बिस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।