उदयपुर / उदयपुरमा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट एक जना र माओवादी केन्द्रबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेबाट रौतामाई गाउँपालिका –१ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी फुलमाया विक (दियाली) र माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका –१ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवकुमारी कामी  निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय तह निर्वाचन ऐन दफा २५ बमोजिम उनीहरु दुबै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।