विराटनगर / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट विराटनगर महानगरको उपमेयर पदमा उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी खारेज भएको छ । 

कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै कार्की विरुद्ध परेको उजुरी विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । 

OM Sai Pathibhara Hospital

कार्कीले राजीनामा गरेको कागजात पेश गरेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् ।