राजनीति

    Showing 7,911-7,920 of 10,372 items.
  • नेपाली कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप तीन प्रहरीसहित ६ जना घाइते

    बाजुरा / कुकुरलाई हिर्काएको आरोपमा बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारको क्रममा शुक्रबार बुढीनन्दा नगरपालिका- ९ मा दुई पक्षबीच झडप भएको हो ।एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोप लगाएका छन् । सो क्रममा एकीकृत समाजवादीका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । उनीहरु प्रहरी कार्यलयमा छिरेपछि कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।झडपको क्रममा तीन जना प्रहरी र नेपाली कांग्रेसका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका घटना नियन्त्रणम

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 184 पटक पढिएको
  • राप्रपाका केन्द्रीय सदस्यले त्यागे पार्टी

    हेटौंडा / स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेताले चुनावी प्रतिष्पर्धा गर्न नपाएपछि पार्टी परित्याग गर्ने लहर चलिरहेको समयमा राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । हेटौंडाको मेयरमा टिकट नपाएको भन्दै शुक्रबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीमा क्रियाशील भएर काम गर्दा समेत उनलाई अवसर नदिइएको उनको गुनासो रहेको छ । गलत प्रवृत्तिसँग  कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ राप्रपाबाट अलग हुने निर्णय लिएको अधिकारीले बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 134 पटक पढिएको
  • गठबन्धन तर्फ २ जना वडाध्यक्षका उम्मेदवारले सरकारी सुविधा नलिने घोषणा

    बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन अन्तरगत नेपाली कांग्रेसका तर्फबाट हल्दीबारी गाउँपालिकाका २ जना वडाअध्यक्ष पदका उम्मेदवारले सरकारी सुविधा नलिने घोषणा गरेको छन् ।हल्दीबारी गाउँपालिकाका वडा नं २ का  कृष्णप्रसाद प्रसाईं र ४ का  होमप्रसाद चुडालले आफूहरू निर्वाचनमा बिजयी भए सरकारी सेवासुविधा नलिने बताएका हुन् ।उनीहरूलाई प्राप्त हुने सेवासुविधाको छुट्टै कोष निर्माण गरी  चुडाल र प्रसाईँले  उक्त सेवासुविधा चुडाल र प्रसाईँले  उक्त सेवासुविधा धार्मिक संघ/संस्था मठमन्दिर, गुरुकुल, विपन्न र अति गरिब, दिनदुःखी विपन्न र अति गरिब, दिन

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 109 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : झापाका तीन पालिकामा बहुरङ्गी गठबन्धन

    बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै झापाका तीन पालीका पृथक चुनावी गठबन्धनका कारण यतिबेला चर्चामा छन् ।भिन्न चुनावी गठबन्धन बनेको दमक नगरपालिका, कचनकवल गाउँपालिका र कनकाई नगरपालिकामा दलहरूको प्रतिस्पर्धा रोचक बन्दैछ । सत्ता गठबन्धका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेका छन् । त्यस्तै कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन् भने कनकाई नगरप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 119 पटक पढिएको
  • निर्वाचनको दिन सार्वजनिक सवारी नचल्ने

    काठमाडौं / स्थानीय तह निर्वाचनको मतदानको दिन (वैशााख ३० गते) सवारी साधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगले पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ ।आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिएर मात्र सवारीसाधन चलाउन मिल्ने निर्देशन दिएको छ । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडि उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र  लिनु पर्ने छैन ।आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रय

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 100 पटक पढिएको
  • कांग्रेसका कार्यकर्ता पाण्डेद्धारा मेयरका उम्मेदवारको गाडीमा आगजनी

    विराटनगर / मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । प्रहरीका अनुसार बेलबारी –२ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको हो । तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा सुन्दरहरैंचा नगरपालिका

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 133 पटक पढिएको
  • आज भृकुटीमण्डपमा सत्ता गठबन्धनले चुनावी सभा

    काठमाडौँ /  सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने भएको छ । गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार छन् । उनीहरूलाई मेयरमा जिताउन आह्वान गर्न गठबन्धनका नेताहरूले आज काठमाडौंमा सभा गर्न लागेका हुन् । 

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 103 पटक पढिएको
  • हल्दिबारीलाई भ्रष्टाचारमुक्त नमुना पालिका बनाउँछौँ : दंगाल

    हल्दिबारी /  नेकपा माओवादी केन्द्रका तर्फबाट हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भवानीप्रसाद दंगालले गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका छन्  । विहिबार हल्दिबारीको ढडुवा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै दङ्गालले आफू स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भए गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका हुन्  । माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै उनले आफूहरूको स्थानीय सरकार बन्यो भने त्यसको भोलिपल्ट बाटै पालिकालाई भ्रष्टाचारमुक्त बनाई देशभरमा नमूना पालिका बनाउने उद्घोष गरे ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 127 पटक पढिएको
  • कांग्रेसको प्रतिष्पर्धा प्रचण्डसँग होइन, ओलीसँग हो : पौडेल

    चितवन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिष्पर्धा नेकपा एमाले मात्र भएको बताएका छन् । सत्ता गठबन्धनद्वारा बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले आफूहरूको प्रतिस्पर्धी र प्रतिद्वन्दी केपी ओली मात्र भएको बताएका हुन् । उनले भने, –‘कांग्रेसको प्रतिष्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, एमालेको केपी ओली प्रवृत्तिसँग हो, केपी ओलीसँग हाम्रो द्धन्द छ, एमाले हाम्रो प्रतिद्वन्दी हो ।’ पौडेलले केपी ओलीले संसदीय प्रणालीमाथि प्रहार गरेर देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन् । केपी ओलीको कदमबाट अस्थिरतातर्फ धकेलिएको राजनीतिलाई ट्र

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 90 पटक पढिएको
  • गठबन्धनले बिर्तामोडमा प्रचार अभियानलाई बनायो तीब्र

    बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै बिर्तामोडमा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले चुनावी अभियानलाई तीव्र बनाएको छ । बिर्तामोडका सवै वडामा वडा प्रचारप्रसार समितिमार्फत घरदैलो अभियानलाई तीव्रता दिएको गठबन्धनले नगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।विहीबार गठबन्धनका नेताहरूले बिर्तामोड –१० को वडा कमिटीसँग घरदैलो अभियान गरेका छन् । घरदैलो कार्यक्रममा गठबन्धन दलका करिब एक सय ५० जना भन्दा बढी नेता तथा कार्याकर्ताहरुको सहभागिता रहेको थियो । प्रचारप्रसारको टोलीले वडाको सातडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाडा,

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.